लोटस फेसन मेट्रोको दोश्रो शाखा सामाखुसीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७७, शुक्रबार १२:४३

दोश्रो साखा समुद्घाटनको अवसरमा शनिबार सम्म २५ % छुटको व्यवस्था 

लोटस फेसन मेट्रोले बिहीबार आफ्नो दोश्रो शाखाको भव्य उद्घाटन गरेको छ । बिशेष गरि महिलाहरुका लागि लक्षित फेन्सी कपडाहरु बिक्रि गरेर लोटस फेसनले आफ्नो अलग पहिचान बनाएको छ । लोट्स फेसनले काठमाडौंको सामाखुसी सरकारी धारा स्थित आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको उद्घाटन लोकप्रिय गायिका सुनिता दुलालले गरेकी हुन् । गायिका दुलाल लोटस फेसनकि रेगुलर ग्राहक समेत हुन् । बिभिन्न मल तथा महंगा पसलहरुमा पाइने फेन्सी कपडा भन्दा लोटस फेसनका कपडाहरु ब्रान्डेड , गुणस्तरिय  एवं सुपथ हुने भएकाले गर्दा गायिका दुलाल आफुलाई केहि कपडा चाहिने बितिकै लोटस फेसनमा पुग्ने गरेको बताउछिन ।

उद्घाटन कार्यक्रममा कलाकार, रेगुलर ग्राहक तथा लोटस फेसनका सुभचिन्तकहरुको  उल्लेख्य उपस्थिति रहेको थियो । उपभोक्ताहरूको मागअनुसार दोश्रो  शाखा खोलिएको सञ्चालिका कमला श्रेष्ठले जानकारी दिइन् । लोटस फेसनको बसुन्धरा नमुना टोलमा पहिलो शाखा रहेको छ । थाइल्याण्ड ,चिन लगाएतका मुलुक बाट आफुहरुले सिधै सामान लेराउने हुदा क्वालिटीमा अरु भन्दा एक कदम अगी रहेको तथा आगामि दिनमा देशका बिभिन्न सहरहरुमा अन्य शाखा पनि खोल्ने आफ्नो विचार रहेको संचालिका कमला श्रेष्ठले बताउनु भयो ।

कमलाले ग्राहक हरुको माया पाएमा अझ  गुणस्तरीय तथा सुपथ अनि सहज  सेवा दिने बताउनु भयो  । उहाले भन्नु भयो , ‘हाम्रो सेवा भनेको गुणस्तरीय र अन्यत्रभन्दा सस्तो हुनेछ । हामीले सामानको क्वालिटीमा कम्प्रोमाइज गरेका छैनौ  नया साखा ओपनिंगको अवसरमा सनिबार सम्म २५ %  सम्म छुटको व्यवस्था गरेका छौ ’ ।

लोटस फेसनले टिकटक तथा फेसबुक पेज बाट पनि सामान अर्डर लिने गरेको छ । देश तथा बिदेशमा डेलिभरीको व्यवस्था पनि रहेको संचालक कमला श्रेष्ठले बताउनु भयो । पछिल्लो समय लोटस फेसनका कपडाहरु टिकटकमा हेरेर अर्डर गर्नेहरु पनि अत्यन्त धेरै रहेको उहा बताउनु हुन्छ । आफ्ना ग्राहकहरुको सहजतालाइ मध्यनजर गर्दै लोटस फेसनले डिजिटल पेमेन्ट पनि लिने गर्दछ ।

लोटस फेसन मेट्रोको फेसबुक पेजको लागि तलको लिंक क्लिक गर्नुहोस

LOTUS FASHION METRO

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१