कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७७, शुक्रबार ०५:५१

धादिङ। कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त खनियावास गाउँपालिका-३ बस्ने ४१ वर्षीय घर्ती तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

२०५९ कात्तिक २९ गते खनियावास गाउँपालिका-३ केवरे देउरालीमा लागेको एकादशी मेला हेरी साँझ आफ्नो घरतर्फ फर्किन लागेको अवस्थामा कलङदुङ मुलबाटो देउरालीमा सोही ठाउँ बस्ने पर्शुराम तामाङलाई घर्ति समेतका व्यक्तिहरूले खुकुरी, ढुङगा र नाईनस्टिक समेत प्रहार गरी गम्भीर घाइते बनाई फरार भएकोमा पर्शुरामको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको थियो ।

घटनामा संलग्न रही फरार रहेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत धादिङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१