माओवादी केन्द्र र जसपासित छलफल गर्दै देउवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७७, शुक्रबार ०५:४५

काठमाडौं । सत्ता समीकरणबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रसरता देखाएका छन् ।

शुक्रबारका लागि देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई बैठक बोलाएका छन् ।

देउवाले बैठक बोलाएपछि सुर्खेतमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं फर्किएका छन् ।

केही दिनअघि बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले ओलीलाई हटाउने वा नहटाउने भन्नेबारे प्रष्ट निर्णय दिन देउवा र महन्थ ठाकुरलाई आग्रह गरेको थियो ।

देउवा भने ओलीको विपक्षमा संसदमा बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि बढ्न चाहेका छैनन् । पार्टीभित्रै र माओवादी केन्द्रको दवाव देउवालाई छ । सोही दवावका कारण पनि देउवाले शुक्रबार बैठक बोलाएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१