आँखा पाक्ने रोगले चश्माको कारोबार बढ्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ आश्विन २०७१, बुधबार ११:५६

शंकर अवस्थी

chasma

कञ्चनपुर , ७ असोज ।आँखा पाक्ने रोगको संक्रमण्ँ प्रकोपका µपमा फैलिएपछि कञ्चनपुर जिल्लाका स्थानीय बजारमा चश्माको कारोबार ह्वात्तै बढेको छ ।

आँखा पाकेका विरामी र आँखा पाक्नबाट जोगाउन चश्मा किन्ने ग्राहकका कारण्ँ व्यापार बढेको हो । चश्मा किन्ने आ“खा पाकेका विरामीहµ नै
धेरै आउने गरेको स्थानीय व्यवसायीहµको भनाइ छ ।

महेन्द्रनगर बजारको गल्ली नं. ५ स्थित न्यू काजल चश्मा सेन्टरका सञ्चालक लक्ष्मीप्रसाद जोशीले आङ्खनो पसलबाट दैनिक ९र१० जना आँखा पाकेका विरामीले चश्मा किन्ने गरेको बताए । ‘आ“खा रातो भएका, पाकेको नै आउ“छन्, पसलमा आएका मध्ये सबैले किनेर लगेका छन्,’ उनले भने ।

तीन सय रुपिया पर्ने कालो चश्मा किन्ने ग्राहकको संख्या पछिल्लो एक डेढ महिनादेखि बढेको सञ्चालक जोशीले बताए ।

सालघारीस्थित आँखा उपचार केन्द्रका अनुसार आँखा उपचार केन्द्रमा उपचारका लागि आउने ७८ प्रतिशत विरामी आँखा पाकेका छन् । केन्द्रका नेत्र अधिकृत हरिकृष्ण्ँ भट्टका अनुसार उपचारका लागि दैनिक आउने १ सय ९० विरामीमा १ सय ५० जनाको आँखा पाकेका छन् । नेत्र अधिकृत भट्टले भाइरल र ब्याक्टेरियाका कारण्ँ आ“खा पाक्ने रोग फैलिएको बताए ।

सृजन चश्मा तथा आ“खा सेवा केन्द्रका सञ्चालक पूर्वनेत्र अधिकृत हेमन्त गुरुङगले दैनिक २० जनासम्मले चस्मा किन्ने गरेको बताए । पसलमा आउनेमा अधिकाँश  सल्लाह सुझाव लिएर फकिर्ने भएकाले थोरैले मात्रै चश्मा किनेर लैजाने गरेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१