राइस कुकरभित्र १ किलो सुन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०७७, बुधबार १५:२५

काठमाडौं । राइस कुकरभित्र करीब १ किलो सुन लुकाएर ल्‍याउने व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुवई एयरलाइन्सको उडानबाट राइस कुकरमा करिब ८८४.४५० ग्राम सुन ल्‍याउने एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार राति सवा १० बजे दुबईको विमानबाट आएका धनुषाका ३४ वर्षीय प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय परिसरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले फ्लाई दुवई एयरलाईन्सको उडानद्वारा दुवईबाट काठमाडौं आउँदा राइस कुकरमा लुकाइ छिपाइ ल्याएको उक्त परिमाणको धातु र बाला ल्‍याएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१