अण्डाको नियमित सेवनले शरीरमा यस्ताे फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७७, मंगलवार ०६:०४

एजेन्सी । अण्डाको नियमित सेवनले शरीरमा विभिन्न प्रकारले फाइदा गर्छ । यसमा भिटामिन ए, बी १२, डी र इ समेत प्रसस्त मात्रामा पाइन्छ । त्यतिमात्र होइन, अण्डाका अरु प्रशस्त फाइदा पनि छन्। अण्डा खाएपछि भिटामिन बी १२ र डी प्राप्त हुन्छ ।

यी चीज प्राप्त भएपछि कुनै पनि मानिसको दिमाग तेज हुन्छ । अण्डामा एकप्रकारको कोलाइन नामक तत्व पाइन्छ । जसले न्यूरो प्रसारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले स्मरण शक्ति ह्वात्तै बढाइदिन्छ । अण्डाको सेवनपछि भोकसमेत कम लाग्ने हुनाले यसले वजनलाई सन्तूलित राखिदिन मद्धत गर्दछ । अनुहार चम्किलो बनाउन पनि अण्डाको प्रयोग गरिन्छ ।

अण्डामा भिटामिन बी १२ पाइने भएकोले तनाव कम गरिदिन्छ । अण्डाको सन्तुलित प्रयोगले तनाव कम गरेर कुनैपनि काममा उत्तरदायी हुन मद्धत गर्दछ । यसले डिप्रेसन हुनबाट रोक्छ ।

खानामा अण्डाको प्रयोगले मोतियाबिन्दुको खतरा कम हुन्छ । साथै,आँखाको मांशपेशी मजबुत बनाउछ ।

बालकको शरीर मजबुत राख्न मद्धत गर्छ बालबालिकाहरुका लागि अण्डा महत्वपूर्ण खानेकुरामा पर्दछ । प्रोटिनको श्रोत भएकोले पनि बालबालिकाहरुका लागि यसले शारीरिक र मानसिक तन्द्रुस्ती राख्न मद्धत गर्दछ । बालबिकासमा यसले महत्वपूर्ण भूमिका खेल्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१