२० दिन नपुग्दै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (विज्ञप्ति)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ चैत्र २०७७, सोमबार ०५:००

काठमाडौं । पछिल्लो पटक चैत ३ पेट्रोलियम पदार्थको मूल्य बढाएको नेपाल आयल निगमले फेरि पेट्रोल र डिजल र मट्टीतेल मूल्य बढाएको छ । निगमका अनुसार साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो ।

बढे पछिको मूल्य अनुसार पेट्रोल प्रतिलिटर रु. १२० र डिजल र मट्टीतेलको रु. १०३ रूपैयाँ कायम भएको छ । पेट्रोलियम पदार्थको मूल्य आइतबार राति १२ बजेबाट लागू हुने गरी बढेको हो ।

खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत् रहेको निगमले जनाएको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार निगमले इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार मूल्य समायोजन गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१