एमालेमा लागेका दुई सांसदको पद खारेज गर्न माओवादीको पत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ चैत्र २०७७, सोमबार ०४:५७

रुपन्देही । एमालेमा लागेका दुई सांसदलाई माओवादी केन्द्रले कारवाही गरेको छ ।

एमालेमा गएका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी (गुल्मी)लाई माओवादीले कारबाही गरेको हो ।

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले माओवादी केन्द्रबाट सांसद न्यौपाने र पन्थीलाई कारबाही गरेको पत्र प्रदेश सभामा आएको जानकारी दिए ।

प्रदेशसभाको निमावली १९० अनुसार पत्र आएको र अब निमावली १९१ अनुसार सभामुखले प्रदेशसभामा जानकारी गराउने उनले बताए ।

माओवादीका संसदीय दलका नेता वसन्त घर्तीले एकहप्ता बितिसक्दा पनि स्पष्टीकरणको जवाफ नदिएपछि पार्टीले कारवाही बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१