सरकार बनाउन कांग्रेसले अग्रसरता लिनुपर्छ : नेता सिंह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७७, आईतवार ०४:५१

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार निर्माणमा कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका छन् । दावाँली मिलन क्लबको १५औं वार्षिक साधारणसभा एवं विशेष सम्मानमा आज उनले जनताबाट बहुमत प्राप्त वर्तमान सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेल्न खोजेको बताए ।

नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनुपरेको उल्लेख गर्दै उनले पाँच वर्षका लागि जनताबाट म्याण्डेड पाएको कम्युनिष्ट सरकारले तीन वर्षसम्म पनि काम गर्न नसकेको बताए ।

संविधान कांग्रेसको नेतृत्वमा निर्माण भएको भन्दै संविधान कार्यान्वयनका लागि जनताले कांग्रेसलाई खोेजेको उनको भनाइ थियो । कांग्रेसका पूर्व महामन्त्री सिंहले राजनीतिक क्षेत्र सेवाको क्षेत्र रहेकाले राजनीतिक नेतृत्वकर्तामा सेवाको भावना हुनु जरुरी रहेको उल्लेख गरे । सरकार सङ्घीयताभन्दा केन्द्रीकृत शासन व्यवस्था सञ्चालन गर्न लागेको उनको आरोप थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१