झलनाथलाई भेटेर राष्ट्रपतिले गरिन् पार्टी एकताका कुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७७, आईतवार ०४:४६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेका वरिष्ठ नेता झलनाथ खनालबीच पार्टी एकताबारे छलफल भएको छ ।

एमालेका वरिष्ठ खनालले राष्ट्रपति भण्डारीसँगको भेटवारे कुरा गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा कुरा भएको बताए ।

नेता खनालले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो निवासमा आउँदा खुशी लागेको समेत बताएका छन् । उनले राष्ट्रपतिसँगको भेटवार्तामा पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा कुरा भएको बताए ।

खनालले भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै भने, ‘उहाँ देशको अभिभावक र संविधानको परिपालक हो । पहिले म नेता हुँदा कार्यकर्ता भएर काम गर्नुभएको थियो । अहिले सम्मानित स्थानमा पुग्नुभएको छ । राष्ट्रको परिपालक भएको हिसाबले पहिलेका नेताहरुलाई सम्झिनु खुशीको कुरा हो । मलाई खुशी लागेको छ ।’

खनालले भने, ‘हामी यहाँ सेक्युरिटीसमेत १९-२० जना बस्छौं । सबैले स्वागत गर्‍यौं । विगतका कुराहरु र वर्तमान स्थितिका बारेमा भलाकुसारी भए । पार्टी र आन्दोलन एकतावद्ध हुनुपर्छ भन्ने उहाँका कुरा थिए ।’

राष्ट्रपतिले आफ्नो स्वास्थ्यप्रति पनि चिन्ता व्यक्त गरेको नेता खनालको भनाई छ । ‘मैले आफ्नो स्वास्थ्य अहिले सामान्य रहेको जानकारी गराएँ । अहिले मेरो स्वास्थ्यभन्दा पार्टीको र कम्युनिष्ट आन्दोलनको स्वास्थ्यको चिन्ता रहेको बताए ।’ उनले भने ।

‘हामी त आन्दोलनका लागि जीवन बलिदान गर्न तयार भएर हिँडेका हौं । यो नाफाको जीवनभन्दा कम्युनिष्ट आन्दोलनको चिन्ता छ । पार्टीमा कतिपय समस्या उत्पन्न भएको बेला तपाईं आउनुभएको छ । सबै पार्टी बलिया भए र एकतावद्ध भए मात्रै लोकतन्त्र बलियो हुन्छ । भन्ने कुराहरु मैले राखेँ । राष्ट्रपतिज्यूले पनि त्यसमा सहमति जनाउँदै नेकपा एमाले नफुटोस र एकतावद्ध भएर जावस भन्ने सदिच्छा व्यक्त गर्नुभयो । ’ उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१