‘शिक्षासेवी विशेष सम्मान’बाट मनास्लु वर्ल्ड कलेजका अध्यक्ष लामा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०७७, बिहीबार ०५:३७

काठमाडौं । मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा सम्मानित भएका छन । रिपोर्टस क्लब नेपालको २३ औ वार्षिक समारोहमा विगत डेढ दशक देखि शिक्षा क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याए बापत “शिक्षासेवी विशेष सम्मान बाट उनलाई सम्मान गरिएको हो। उनलाई कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका हुन ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी साउन देखि लागु हुने गरी सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालमा पछिल्लो समय केहीले मिसन पत्रकारिता गरिरहेको भन्दै आलोचना गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले क्लबले वार्षिक रूपमा प्रकाशित गर्दै आएको स्मारिका विमोचन पनि गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजवादी पार्टीका अध्यक्षहरू महन्त ठाकुर र उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी लगायतका अतिथिहरू सहभागी थिए ।

कार्यक्रममा सम्मानित भएपश्चात् अध्यक्ष लामाले आफूलाई सम्मान गर्न लायक सम्झेर सम्मान गरिएको क्लबका अध्यक्ष ऋषि धमलालाई धन्यवाद दिएका छन् । सम्मानले थप जिम्मेवारी थपिएको र नेपालको शैक्षिक विकासमा काम गर्न अझ प्रेरणा मिलेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१