होलीमा रक्सी नभेटदा सेनिटाइजर पिए, दुईको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ चैत्र २०७७, बुधबार ०५:४३

एजेन्सी । भारतको मध्य प्रदेश मा होलीमा रक्सीको अभावमा सेनिटाइजर पिउँदा दुई जनाको मृत्यु भएको छ । अर्का एकको अस्पतालमा उपचार भइरहेको छ । मध्य प्रदेशको चतुर्वेदी नगरको हो । यहाँका तीन जनाले होलीको पार्टीको आयोजना गरे ।

उनीहरुले सेनिटाइजरलाई नै पार्टीमा रौनक बढाउन रक्सीको रुपमा पिउँदा दुर्घटना घटेको हो । प्रहरीका अनुसार मृतक दुईको घरबाट ५ सय एमएलका सेनिटाइजरका बोतल बरामद गरिएको थियो ।

यो भन्दा पहिले पनि भोपालमा तीन जनाले रक्सीको रुपमा सेनिटाइजर पिएका थिए । ती तीनै जनाको मृत्यु भएको थियो । रक्सी बेचबिखनमा भारतमा कडाई गरेपछि विभिन्न स्थानहरुमा यसप्रकारका घटना सार्वजनिक हुने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१