काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(एमाले)को अध्यक्ष केपी शर्मा ओलीले देशमा अहिले कुनै समस्या नरहेको बताएका छन् । रिपोर्टस क्वलको २३ औं बार्षिकउत्सवको अवरमा उनले यस्तो बताएका हुन् ।
उनले केही मानिसको स्वार्थबाहेक देशमा अहिले केही पनि समस्या नभएको बताएका छन् । उनले केही मानिसलाई प्रधानमन्त्री बन्न मन लागेर, पार्टीको अध्यक्ष बन्ने इक्षा भएको कारण मात्र केही समस्या आएको बताएका छन् । उनले आफूले पार्टी एकता गर्दाका सबै नियम पालना गरेका भन्दै माधव नेपाल र प्रचण्डले नै समस्या सृजना गरेको बताएका छन् ।
उनले प्रश्न गर्दै भने, ‘के देश प्रचण्डको स्वार्थमा सती जानु पर्ने हो र’ उनले आफूले पार्टी एकता गर्दा आधा–आधा प्रधानमन्त्री भन्ने सहमति गरेको भएपनि प्रचण्ड आफैले त्यो सहमति तोडेको बताए । त्यस्तै उनले महाधिवेशनमा माधव नेपाल आफूसँग पराजित भएको भएपनि अध्यक्ष बन्न खोजेको कारण समस्या भएको उनले बताए । नेकपामा केही नेताहरुको घिन लाग्दो इक्षा र गतिविधि भएको कारण समस्या भएको बताए ।
उनले अब प्रचण्डको दिन गएको बताएका छन् । आफूले पहिले सेना, कार्यक्रर्ता सबै हुँदा पनी लल्कारेको स्मरण गर्दै प्रचण्डलाई आफ्नो उमेर सम्झिन आग्रह गरेका छन् । उनले आफू सेना भएको पार्टीको अध्यक्ष भएको जस्तो नगर्न पनि प्रचण्डलाई आग्रह गरेका छन् ।
उनले केही दिन अगाडि प्रज्ञा डबलीमा बृहत नागरिक आन्दोलनले गरेको कार्यक्रमलाई कटाक्ष गर्दै उनले केही बुद्धिजीवी र नेताहरुले आफूविरुद्ध अभियान चलाइरहेको बताए । उनले अहिले देश संकटमा परेको भनेर लागि रहेकाहरुलाई प्रश्न गर्दै भने, कस्लाई के समस्या भयो ? देश कसरी संकटमा पर्यो ? संघियता कसरी संकटमा पर्यो ? कसले तलव खान पाएन ? कहाँ विकास भएन ?
उनले कुनै व्यक्तिको समस्या राष्ट्रको समस्या नहुनेपनि बताएका छन् । ओलीले अदालतले एकता भत्काएको भनेर प्रचार गरेको भन्दै पार्टी भित्र एकता नभएको अवस्थामा अदालतले गरेको निर्णय एकता विरोधी नभएको बताएका छन् । उनले १५ दिने म्याद दिएर अर्को नाम लिएर आउन निर्वाचन आयोगले भनेको र आफूले त्यस समयभित्र नयाँ निर्णय गरेर जान प्रचण्डसँग छलफल गर्न खोज्दा प्रचण्डले मिडिया बाजी गरेको बताए ।
उनले अहिले प्रचण्डले पुनरावलोकनको लागि दिएको निवेदनलाई केटाकेटी खेलको जस्तो भएको बताएका छन् । उनले अदातल मजाक गर्ने थलो नभएको पनि बताएका छन् ।
उनले बुद्धिजीवीले देशमा संकट भएको बेलामा राजनीतिभन्दा बढी देशभक्त भएर आफ्नो भनाईहरु राख्न पर्ने बताएका छन् । उनले देशमा भएका विकास र शान्तिपूर्ण राजनीतिको बाटोभन्दा बाहिर रहेर राजनीति गरिरहेको विप्लव, सिके राउत तथा मधेशको मुद्दा समाधान गरेकोले अहिले उनीहरुले त्यसैको विरोध गरेको बताए ।
ओलीले सरकार स्वतन्त्रताको पक्षमा दृढ रहेका बताएका छन् । सरकार मिडिया र वाक स्वतन्त्रतामा गम्भीर रहेको उनले बताए । भ्रमपूर्ण समाचार लेख्ने, लेखाउने र चरित्र हत्या गर्ने हाम्रो सस्कार र सस्कृति नभएको ओलीले बताए ।
प्रतिक्रिया