काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई पार्टीको सदस्यताबाट निलम्बन गर्ने अधिकार प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नभएको दाबी गरेका छन् ।
नेपाल र उपाध्यक्ष भीम रावललाई सदस्यताबाट निलम्बन गरेको जानकारी दिँदै ओलीले पत्र पठाएपछि नेपालले यस्तो प्रतिकिैया दिएका हुन् ।
“मैले अहिलेसम्म त्यो पत्र पाएको छैन, त्यसबारे जानकारी छैन,” नेता नेपालले भने, “त्यसो हो भनेपनि त्यसको कुनै अर्थ छैन, केपी शर्मा ओलीलाई यो अधिकार छैन ।”
आजै नेकपा एमालेले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।
दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको हो ।
प्रतिक्रिया