मुम्बई। अभिनेत्री तथा नर्तकी मलाइका अरोडा आफ्नो फिटनेसका कारण चर्चामा आइरहन्छिन् । उनी आफू मात्र फिट हुँदिनन्, फ्यानलाई पनि फिट रहन प्रोत्साहन गरिरहन्छिन् ।
मलाइका सामाजिक सञ्जाला सक्रिय छिन् । उनी प्रायः आफ्नो हट तस्वीर तथा भिडियोका कारणबाट फ्यानसँग नियमित सम्पर्कमा रहिरहन्छिन् । यिनै मल्लिका यसपटक आफ्नो फोटो तथा फिटनेसका कारण नभई कोरोनाका कारण चर्चामा आएकी छन् ।
दैनिक जागरणमा प्रकाशित समाचारअनुसार हालैमात्र उनले आफ्नो इन्स्टाग्राममा दुई किस्सा शेयर गरेकी छन् । उनको पहिलो किस्सा कोभिड–१९ भ्याक्सिनसँग सम्बन्धित छ ।
‘कोभिड–१९ को भ्याक्सिन लगाएपछि म घर आउने सबै पाहुनालाई सम्झाउँथे । मेरोमा पाहुना आउदा ‘तपाईंहरु नडराउनु, हाम्रो कुकुरलाई खोप लगाइएको छ’ भन्थें । अहिले ‘ती पाहुनालाई नडराउनु, हामीले खोप लगाइसकेका छौ’ भन्न थालेकी छु’, उनले लेखेकी छन् ।
उनको दोस्रो किस्सा पहिलो किस्साभन्दा रमाइलो छ । ‘म एक रेष्टुरेन्टको बाथरुममा गएको थिएँ । मैले कुहिनोबाट ढोका खोलें, खुट्टाको सहायताले ट्वाइलेट सिट उठाएँ, टिस्यूको सहयोगले पानीको प्रयोग गरें । फेरी कुहिनोले ढोका बन्द गरें र जब फर्किएर टेबलमा आएँ, मैले पेन्ट लगाउन भुलेछु’, उनले लेखेकी छन् ।
प्रतिक्रिया