बागमती गाउँपालिकामा पाँच दिने ‘नेतृत्व बिकास तथा उद्घोषण ‘ तालिम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०७७, शनिबार ०६:०१

ललितपुर । बागमती गाउँपालिकामा गत चैत्र ८ गते आईतवार देखि संचालित पाँच दिने नेतृत्व बिकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ।

बागमती गाउँपालिका तथा सन्ध्या फिलिम्स एन्ड मिडिया प्रालीको संयुक्त आयोजनामा भएको उक्त पाँच दिने तालिम सन्ध्या फिलिम्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङको सभापतित्व , बागमती गाउँपालिका प्रमुख वीर बहादुर लोप्चनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।त्यसैगरी विशेष अतिथिहरु: बागमती गाउँपालिका उपाध्यक्ष रन्जना तिमल्सिना घिमिरे, प्रमुख प्रशासकिय अधिकृत खम्बराज राई,नेपाली काङ्ग्रेसका प्रभावशाली नेता तथा नेपाल तामाङ घेदुङका सचिब रामकृष्ण ब्लोन ( इन्द्र) र मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा लगायतका ब्यक्तित्व रहेका थिए।पाँच दिने उक्त तालिमका अतिथीहरुमा बागमती गाउँपालिका अन्तर्गतका वडा अध्यक्ष ज्युहरु,लेखापाल अर्जुन दहाल, योजना शाखा प्रमुख दिलिप चौधरी,सूचना तथा संचार प्रबिधि अधिकृत मिलन शर्मा घिमिरे, युवा ब्यबसायी सुनिल लामा, रंग बहादुर राना,मिस तामाङ-२०२१ फस्ट रनर अप पेमा तामाङ,प्रमुख प्रशिक्षक पृतम पौडेल,राष्ट्रिय खबरका अध्यक्ष तथा पत्रकार मुकुन्द ढुंगान,मुग्लानी खबरका प्रतिनिधिहरु, गाउपालिकाका जनप्रतिनिधि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथी वीर बहादुर लोप्चनले नेतृत्व बिकास तथा उद्घोषण तालिम मात्र होईन अब बेरोजगारलाई रोजगारी दिलाउने कम्प्युटर तालिम लगाएतका सिपमुलक कार्यक्रमको आयोजना गरि स्थानियबासीलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन।त्यसैगरी गाउँपालिका उपाध्यक्ष रन्जना तिमल्सिना घिमिरेले यस पाँच दिने नेतृत्व तथा उद्घोषण तालिमले बागमती गाउपालिका भित्र रहेका दिदिबहिनिहरु पनि बोल्नमा सक्षम हुनुभएकोमा खुशी ब्यक्त गरिन।त्यसैगरी मनास्लु वर्ल्ड कलेज का अध्यक्ष गेन्द्र लामाले आजको तालिमले समाज र मुलुकलाई सहि दिसामा लैजान विशेष भुमिका खेल्नेमा बिस्वास गर्दै शिक्षाको क्षेत्रमा सुलभ शुल्कमा गुणस्तर शिक्षा प्रदान गर्दै आएको मनास्लु कलेजमा बागमती गाउँपालिकाको सिफारिसमा पाँच जना निम्न आय श्रोत भएका छात्र छात्राहरुलाई निशुल्क पढाई दिने घोषणा गरेका थिए।

 

करिब ५२ जना सहभागिता रहेको उक्त तालिमको अन्तिम दिन सम्पूर्ण सहभागिहरुलाई प्रमाणपत्र तथा मायाको चिनो संस्थाका अध्यक्ष दिलमाया तामाङ प्रमुख अतिथी वीर बहादुर लोप्चन लगाएत बिशिस्ट ब्यक्तिहरुका हातबाट प्रदान गरिएको छ।

अन्त्यमा कार्यक्रमका सभाअध्यक्ष तथा संस्थाका अध्यक्ष दिलमाया तामाङले बागमती गाउपालिकालाइ भौगोलिक आर्थिक, सामाजिक सांस्कृतिक रूपान्तरण गर्न युवा नेतृत्वको आवस्यकता महशुस गर्दै यो सिपमुलक कार्यक्रमको आयोजना गरिएको बताईन।यस पाँच दिने तालिम सुचारु गर्न र सफल बनाउन हर कदम साथ सहयोग दिनुहुने गाउपालिका अध्यक्ष उपाध्यक्ष लगाएत वडा अध्यक्षहरु लगाएत सम्पुर्ण बागमती गाउँपालिकालाई धन्यबाद ब्यक्त गरिन!

 

त्यसैगरी अत्यन्तै ब्यस्तताका बाबजुद पनि निमन्त्रणालाई सहर्ष स्विकार गरि आएर कार्यक्रम सफल बनाउन अहम भुमिका खेल्नुभएकोमा सम्पुर्णलाई धन्यवाद ब्यक्त गरेकी थिइन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१