तपाई मोडलिङ लाई कुन रुपले हेर्नु हुन्छ हबी कि करिअर ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ आश्विन २०७१, बुधबार ०५:०८

ललितपुर – नक्कली फूलले बनेको हेडबिन लगाएर उनीहरू एकनासले र्‍याम्पमा उत्रिए । एक बित्ताजति अग्ला स्यान्डलको उचाइमा उनीहरू एकैनासले नागबेली चालमा हिँडिरहेका थिए । क्याटवाक उस्तै देखिए पनि अनुहारको भावचाहिँ आ-आफ्नै प्रकृतिको देखिन्थ्यो । कोही अलि नर्भस, कोही कन्पिmडेन्ट ।


निणर्ायक मण्डलमा रहेकी पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले अडिसनका लागि आएका मोडलहरूको मनपेट थाहा पाइहालिन् । उनले अधिकांशमा मोडलिङ हबी भएको, प्यासन चाहिँ नभएको ठोकुवा गरिन् । ‘हबी र प्यासन फरक कुरा हुन्,’ उनले भनिन्, ‘प्यासनले लक्ष्यसम्म पुर्‍याउन मद्दत गर्छ ।  हबीले क्षणिक आनन्द मात्रै दिलाउँछ ।’

मोलडिङमा प्यासन भएका सुन्दरीहरूलाई क्लासिक डाइमन्ड ज्वेलर्सले सुन्दर प्लेटर्फम दिएको छ । गत वर्ष जस्तै यस पालि पनि ‘फेस अफ क्लासिक डाइमन्ड’ को छनोट गरिँदै छ । शनिबार र आइतबार दोस्रो अडिसन हुँदै थियो । फाइनल राउन्ड आउँदो शनिबार हुँदै छ । ललितपुरको हात्तीवनस्थित क्लासिक टावरमा क्लासिक डाइमन्डको दोस्राे चरणको अडिसन भएको थियो । ३ सयभन्दा बढी सुन्दरीको सहभागिताबाट छानिएका ५० जना दोस्रो चरणको अडिसनमा उत्रिएका हुन् । आइतबार भएको अडिसनबाट अन्तिम राउन्डका लागि २० जना छानिएको निणर्ायक मण्डलकी समृद्धि राईले बताइन् ।

तीमध्ये एकले फेस अफ क्लासिक डाइमन्डको उपाधि हासिल गर्नेछिन्, जसले पुरस्कारस्वरूप १ लाख रुपैयाँ र क्लासिक डाइमन्डको एम्बास्डर बन्ने अवसर पाउनेछिन् । आयोजकका अनुसार, फस्ट रनरअपले ५० हजार र सेकेन्ड रनरअपले २५ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट २० को निणार्यकमा रहेकी पूर्व मिस नेपाल माल्भिका सुब्बाले उचित पारिश्रमिक नपाउँदा मोडलिङ प्यासनका रूपमा आउन नसकेको बताइन् । ‘यस क्षेत्रमा आम्दानी शून्यजस्तै छ,’ उनले भनिन्, ‘त्यसैले मोडलहरू पनि सोखमा मात्रै काम गर्छन् ।’

अन्तर्राष्ट्रिय स्तरमा मोडलिङलाई बजार विस्तारको एउटा गतिलो आधार मानिँदै आएको भए पनि नेपालमा यसको अवस्था भर्खरै बामे सर्दै गरेको उनले बताइन् । अझ समाजमा मोडलिङ करिअरलाई सम्मानित पेसाका रूपमा स्वीकार नगर्नुले पनि यसप्रति युवा रोजाइ द्विविधामा छ । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत मोडलिङको अनुभव बटुलेकी सृष्टिले चाहिँ नेपालमा मोडलिङ गर्दा तीन पक्षबारे  ध्यान दिन सुझाइन् ः पेसाको सम्मान, उचित पारिश्रमिक र फेसनबारे फराकिलो धारणा । माल्भिकाले चाहिँ मोललिङको महत्त्व नै बुझाउन जरुरी रहेको औंल्याइन् । उनको विचारमा वस्तु बिकाउने कलात्मक आधार मोडलिङ भएकाले बजार विस्तारमा यसको अत्यन्त महत्त्व हुन्छ ।

माल्भिका र सृष्टिले भनेजस्तै शनिबार अडिसनमा आएका अधिकांश सुन्दरीले मोडलिङलाई करिअरभन्दा पनि हबीका रूपमा अपनाउन चाहेको बताए । कुपन्डोलकी शिवानी श्रेष्ठसँग ३ वर्षदेखिको मोडलिङ अनुभव छ । ए लेभल अध्ययन सकाएर फुर्सदमा बसेकी १७ वषर्ीया शिवानीले ग्ल्यामर संसार नजिकबाट बुझ्न यस क्षेत्रमा लागेको सुनाइन् । तर, करिअर किन न बनाउने ? ‘फ्युचर देखेकी छैन,’ उनले सहजै भनिन् । बालाजुकी २१ वषर्ीया श्वेता खत्रीले पनि करिअर नभई रहर पूरा गर्न मोडलिङमा आएको बताइन् । उनी बाहिरी सौन्दर्य र उमेर हुँदासम्म मात्रै मोडलिङमा भविष्य देख्छिन् । त्यसैले २५ लागेपछि बैंकिङ क्षेत्रमा लाग्ने उनको योजना छ । मिस ग्लोबलको अनुभवसमेत बटुलेकी २० वषर्ीया रज्जु गुरुङले ग्ल्यामर क्षेत्रमा क्षणिक आनन्द पाइने सुनाइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१