वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो पाँच बुँदे अपिल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०७७, शनिबार ०५:२५

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक्कासी काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढेको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।

अचानक मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यका भित्रको वायु प्रदूषण निकै बढेको मन्त्रालयले जनाएको छ ।

यसले श्वासप्रश्वासमा कठिनाइँ लगायत विविध स्वास्थ्य समस्याहरु देखापर्ने भन्दै मन्त्रालयले सावधानीका सम्बन्धमा पाँच बुँदै अपिल जारी गरेको हो ।

मन्त्रालयले विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम-खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले उनीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन र सबै नागरिककले घर बाहिर निस्किँदा मास्कको प्रयोग अनिवार्य गर्नुका साथै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयल अत्यावश्यक नभइ सवारी साधनहरु नचलाउन समेत अनुरोध गरेको छ । सवारी साधना वा पेशा व्यवसायका कारण हुनसक्ने वायु प्रदूषणका कारणहरुलाई कम गर्न समेत अनुरोध गरेको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी अपिल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१