तामाङ रिमठिम पर्यटन संजालको अध्यक्षमा अम्बर बम्जन,महासचिव छेटुप लामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०७७, शुक्रबार ०६:१६

काठमाडौं । पर्यटन क्षेत्रमा सक्रिय तामाङ व्यवसायीहरुलाई एकै ठाउँमा ल्याउने उदेश्यले स्थापना गरिएको रिमठिम नेपालको नाम परिवर्तन भएको छ । तामाङ पर्यटन व्यवसायीहरुको बुधबार बसेको भेलाले सो संस्थाको नाम ‘तामाङ रिमठिम पर्यटन संजाल’ नामकरण गरेको हो ।

वरिष्ट पर्यटन व्यवसायी कर्ण बहादुर तामाङको संयोजकत्वमा बसेको भेलाले नयाँ कार्यसमिति समेत चयन गरिएको छ । तामाङ रिमठिम पर्यटन सञ्जालको अध्यक्षमा अम्बर बम्जन तामाङ, उपाध्यक्ष सरीता लामा, महासचिव छेटुप लामा, सचिव नरध्वज तामाङ, कोषाध्यक्ष रितु ग्याम्दान तामाङलाई चयन गरिएको छ ।

सञ्जालको सदस्यहरुमा कुमार लामा, रबिदास दोङ, बिजय तामाङ थोकर,वसन्त कुमार तामाङ, दोर्जे तामाङ, दावा वाङ्दी तामाङ, बुद्ध सिं तामाङ, उर्के तामाङ, हिमाल तामाङ, प्रेम लामा तामाङ रहेकाछन् । सञ्जालको संरक्षकमा प्रथम कान्छो सगरमाथा आरोही शम्भु तामाङ रहेका छन् ।

सल्लाहकार
१. तिलक ब. लामा
२. कर्ण लामा
३. सन्तबिर लामा
४. भिम ब. तामाङ
५. हरिमान लामा
६. कर्ण ब. तामाङ
७. पाल्देन तामाङ
८. फुलकुमार लामा
९. लाप्साङ लामा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१