निमास एजुकेशन १३ औं वर्षमा प्रवेश,

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०७७, शुक्रबार ०६:१२

काठमाण्डौं ।  विगत १२ वर्षदेखि परामर्श सेवा प्रदान गर्दै आइरहेको निमास एजुकेशन प्रा.लि.ले सफलतापूर्वक १२ वर्ष समयावधी पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ ।

काठमाडौंको बागबजारमा प्रधान कार्यालय रहेको निमास एजुकेशनले  उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई बिगत १२ बर्ष देखि परामर्श सेवा दिदै आइरहेको छ  ।May be an image of text that says 'HAPPY ANNIVERSARY 13 YEARS ANNIVERSARY NIMAS EDUCATION 13th ANNIVERSARY Approved by Ministry of Education NIMAS निमास NIMAS urturing EDUCATION एजुकशन uture ..---An ISO 9001:2008 Certified Company'

सो कम्पनीले क्यानडा, अमेरिका, अष्ट्रेलिया, न्युजील्याण्ड, युके, चाइनामा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको प्रवन्ध निर्देशक गीता रिजालले जानकारी दिइन् । उनका अनुसार परामर्शसँगै भिसा प्रक्रिया, टेष्ट र इन्ट्रान्स तयारी कक्षासमेत सञ्चालन गर्दै आइरहेको छ ।

निमास एजुकेशन एक आइएसओ ९००१–२०१५ सर्टिफाइड कम्पनी हो । तसर्थ, अन्तर्राष्ट्रिय स्तरमा रिकग्नाइज एजेन्सीका रुपमा आफूहरुले काम गरिरहेको निर्देशक सरोज थापाले बताए । पिआइआर, आइसिएफ, एजुकेशन न्युजील्याण्ड, युएसएटिसी, सिसिए, आइएसएएनए, जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट पनि निमास एजुकेशन रिकग्नाइस संस्था भएको उनले बताए ।

निमास एजुकेशनको १३ औं वार्षिकोत्सवमा शुभकामना दिन पुग्नुभएका  प्रमुख अतिथी – फटिक बहादुर के सि, प्रमुख, शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा, शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय, उत्तम पन्त, पुर्ब IERIN अध्यक्ष, प्रेम पान्डे, पुर्ब IERIN अध्यक्ष, युबराज कटुवाल पुर्ब FECON अध्यक्ष,  IERIN उपाध्यक्ष रमा कण्डेल तथा कार्यसमिति, ECAN का उपाध्यक्ष शेशराज भट्टराई तथा कार्यसमिति, NECA का अध्यक्ष सन्तोश प्याकुरेल तथा कार्यसमिति, FECON का अध्यक्ष बासु नेपाल तथा कार्यसमिति लगायत १५० जना शुभचिन्तकहरु सहित पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

May be an image of one or more people, people standing and indoorMay be an image of one or more people, people standing and indoorMay be an image of one or more people, people standing, people sitting and indoorMay be an image of one or more people, people sitting, people standing and indoorMay be an image of one or more people, people standing, people sitting and indoorMay be an image of one or more people, people standing, balloon, rose and indoor

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१