टोखामा ट्याङ्कीमा भेटिएको शव एक महिनादेखि हराइरहेका मिस्त्री कृष्ण घर्तीमगरको

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०७७, शुक्रबार ०५:४२

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–३ मेगासिटीमा फेला परेको शवको सनाखत भएको छ । पुष्पराज गुरुङको निर्माणाधिन घरको रिजर्भ ट्याङ्कीमा भेटिएको शव प्यूठानका कृष्ण घर्तीमगरको भएको खुलेको हो ।

४५ बर्षिय कृष्णको शव सनाखत भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले  बताए । कृष्ण करिब १ महिनादेखि हराएका थिए । मंगलबार ट्याङ्कीबाट गन्ध आएपछि हेर्दा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

घर्तीमगर सो घरमा मिस्त्रीको काम गर्थे । उनको परिवार काठमाडौं–२६ स्थित सरकारी धारामा बस्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१