पत्रकार महासंघको निर्वाचन कार्यतालिका पुन: हेरफेर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०७७, शुक्रबार ०५:१८

काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचन कार्यक्रम पुनः हेरफेर गरेको छ । महासंघले बिहिवार साँझ एक सूचना प्रकाशित गर्दै निर्वाचन कार्यक्रम हेरफेर गरिएको जनाएको हो । सूचनामा नेपाल पत्रकार महासंघको मिति २०७७ चैत्र २५ गते सम्पन्न हुने निर्वाचनको लािग यसअघि प्रकाशित निर्वाचन कार्यक्रम परिवर्तन गरी अन्तिम मतदाता नामावली प्रकाशन चैत्र १३ गते साँझ ५ बजेसम्म तोकेको छ ।

त्यसैगरी उम्मेद्वारको मनोनयन १४ गते बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म, उम्मेद्वारको नामावली प्रकाशन सोही दिन साँझ ६ बजे र उम्मेद्वार उपर दाबी बिरोध चैत्र १७ गते दिउँसो १ बजेसम्म गर्न सकिने जनाईएको छ ।

महासंघले हेरफेर गरेको निर्वाचन कार्यक्रममा उम्मेद्वारले नाम फिर्ता चैत्र १७ गते दिउँसो ३ बजेसम्म गर्न सकिने जनाएको छ । त्यस्तै महासंघद्वारा जारी सूचनाका अनुसार अन्तिम नामावली प्रकाशन चैत्र १७ गते साँझ ६ बजे हुनेछ ।

महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान देशैभर २५ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने र सोही दिन मतदान सकिए लगत्तै मतगणना शुरु हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१