माधव नेपालको स्पष्टीकरणः ओलीलाई उल्टै प्रतिप्रश्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०७७, शुक्रबार ०५:१४

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ  दिएका छन्।

नेता नेपालले पार्टीले स्पष्टीकरणमा सोधेका प्रश्नको जवाफ नदिइ उल्टै अध्यक्ष केपी शर्मा ओलीलीलाई प्रतिप्रश्न गरेको पत्र बालुवाटार पुगेको छ ।

नेता नेपालले १३ बुँदामा अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै स्पष्ट पार्न माग गरेका छन्। सर्वोच्चको फैसला विपरित फागुन २८ मा बैठक राखेर पार्टी विभाजनको दुराशय राखेको नेता नेपालले बुझाएको स्पष्टीकरणमा आरोप लगाइएको छ।

‘नेकपा एमाले पुनःस्थापित भएपछि म समेत नेकपा एमाले र देश तथा जनताको उज्यालो भविष्य चाहने नेता र कार्यकर्ताहरुबाट तपाईं समेतका नेताहरुसंग विगतको तथ्यसंगत समीक्षा गर्दै कमी कमजोरी सच्च्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’

प्रतिप्रश्न गर्दै भनिएको छ, ‘त्यस्तै यही चैत्र २ गते नेकपा एमाले, केन्द्रीय कार्यालय, धुम्बाराहीमा तपाईं समेत तपाईं निकटका नेताहरुसंग भएको म समेत सहभागी छलफलमा पार्टी एकता र मेलमिलाप कायम गर्दै विगतका कमी कमजोरी हटाएर सशक्त नेकपा एमाले निर्माण गर्न सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरुको संरचना पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईबाट फागुन २८ गते अवैधानिक रुपमा गरिएको निर्णय बदर गरौं भन्दा तपाईंले किन मान्नु भएन ?’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१