शनिबार देखि नेपाली व्रन्च फेष्ट २०७७ हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ चैत्र २०७७, बिहीबार ०५:४६

काठमाडौं । नेपाली खानाको महत्व बढाउने उदेश्यले नेपाली व्रन्च फेष्ट २०७७ हुने भएको छ।

ग्यास्ट्रोामि टुरिजम एशोसियसन अफ नेपाल र हानकुक सारुङ्ग कोरियन रेष्टुरेन्ट,ठमेलको संयुक्त आयोजना चैत १४ शनिबार देखि नेपाली व्रन्च फेष्ट हुने आज पत्रकार सम्मेलन गरि सो कुराको जानकारी दिएको हो ।

नेपाली खानामा पनि परम्परागत दाल भातको मेनुबाट माथि उठ्न र परम्परागत र जातिय र क्षेत्रीय खानालाई एउटा समष्टिगत रुपमा पस्कदै जाने क्रममा नेपाली पनि व्रनच मेनुको विकाश गरी नँया पन दिलाउने उद्देश्य सहित आगामि चैत्र १४ गते शनिवारका दिनबाट व्रन्च नेपाली व्रेकफाष्ट र लन्च समावेश गरी नेपाली व्रेकफाष्ट मेनुलाई पनि जाड्ने तयारी गरिएको हो ।

जसमा नेपाली व्रेकफाष्ट मेनुसँग कोरियन र अन्य नेपाली स्वाद र सामाग्रीसँग समन्वय गरी विभिन्न परिकार बनाइने छ । यसरी यो कार्यक्रममा विभिन्न परिकारहरुको समन्वय गरिएको खाना पारखिलाई भरपुर स्वाद लिने अवशर मिल्ने छ । उक्त कार्यक्रममा रु ५०० मा १२ देखि १५ प्रकारका परिकारको मज्जा लिन पाइने व्यवस्था मिलाइएको छ । सातै प्रदेशका खानालाई पनि समावेश गरिने समेत जानकारी गराउन चाहन्छौं । खानाको विकास एउटा नियमित प्रक्रिया हो । मानिस र सभ्यताको विकासले नै समाजको स्तर बढाएको हुन्छ ।

मुख्यतः नेपाली विहानको खाना र नेपाली परिभाषित गर्ने नेपाली खानालाई नयाँ उचाइमा पु¥याउने उद्देश्य सहित विदेशमा लामो समय काम गरी नेपाली खानालाई प्रवद्धन गर्न चाहाने सफेहरुलाई पनि समावेश गरी यो कार्यक्रम ग्यास्ट्रोामि टुरिजम एशोसियसन अफ नेपाल र हानकुक सारुङ्ग कोरियन रेष्टुरेन्ट,ठमेलको संयुक्त आयोजना गर्न लागिएको ग्यास्ट्रोामि टुरिजम एशोसियसन अफ नेपाल का अध्यक्ष सुरेश चन्द्र बस्नेतले जानकारी दिनु भयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१