केन्द्रले स्थानीय तहको अधिकार खोस्दैन : प्रधानमन्त्री ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ चैत्र २०७७, बिहीबार ०५:२६

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने स्पष्ट पारेका छन् । बुधबार नगरपालिका संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सवै तहको आफ्नै विशेषता रहेको भन्दै केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने बताएका हुन् ।

त्यस्तै उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच तालमेल मिलाएर काम गर्नुपर्ने बताए । संघीयता कार्यान्वयनकै अभ्यासमा भएको भन्दै ओलीले समयक्रममा समस्या हल हुँदै जाने धारणा पनि राखे । उनले पुँजीगत खर्च गर्ने क्षमता स्थानीय तहमा नभएको जिकिर गरे।

उनले नगरपालिका बीचमा राम्रा कामका लागि प्रतिस्पर्धा हुनुपर्ने पनि बताए । प्रधानमन्त्री ओलीले कोभिड–१९ को अवधिमै स्थानीय तहको औचित्य र आवश्यकता पुष्टि भएको बताए ।

प्रधानमन्त्री ओलीले अबको ४ दिनपछि काठमाडौँमा मेलम्चीको पानी वितरण गर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१