शे फोक्सुन्डो तालमा वर्ल्डलिंकको निःशुल्क वाइफाइ सेवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ चैत्र २०७७, बिहीबार ०५:१८

काठमाडौं । शे फोक्सुन्डो तालमा वर्ल्डलिंकको निःशुल्क वाईफाई सेवा सुरु भएको छ । ‘सबैलाई जहाँ पनि, जहिले पनि जोड्ने’ संस्थाको मुख्य उद्देश्यलाई अनुसरण गर्दै वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो निःशुल्क वाइफाइ सेवा सुरु गरेको जनाएको छ ।

नेपालको प्रमुख ताल मध्ये कान्जिरोवा हिमालको काखमा अवस्थित समुन्द्री सतहभन्दा करीब ३ हजार ६ सय ६० मिटरको उचाइमा कर्णाली प्रदेशको डोल्पा जिल्लामा रहेको ताल हो । नेपालको मुख्य पर्यटकीय स्थल फोक्सुण्डो ताललाई विश्वभर शे फोक्सुण्डो तालको नामले समेत चिनिन्छ । हिमाली ताजा र सफा पानीले भरिएको यो ताल नेपालको धेरै गहिरो र ठूलो ताल हो । यो ताल यसको मन्त्रमुग्ध सुन्दरताको लागि विश्व प्रसिद्ध छ ।

निःशुल्क वाइफाइ सेवाको उद्घाटन प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले गरेका हुन् । उदघाटन समारोहमा वर्ल्डलिंकका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल शे फोक्सुन्डो गाउँ पालिका वडा नं ८ का वडा प्रमुख निमा लामा, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि श्री चन्द्र बहादुर घर्ती उपस्थित रहेका थिए ।

सो उदघाटन समारोहमा बोल्दै कर्णाली प्रदेश प्राकृतिक सुन्दराताले भरिपूर्ण तथा निकै सम्भावना बोकेको प्रदेश रहेको मुख्यमन्त्री महेन्द्र बहादुर शाही ले बताए । ‘यहाँ उपलव्ध प्रचुर सम्भावनाको प्रयोग गर्न नसिकिएको हुनाले सोको विश्व बजारमा पहिचान गराउन सके मात्र पनि यो प्रदेशको कयापलट हुनेछ,’ उनले भने ।

मुख्यमन्त्री शाहीले अगाडि थपे, ‘यस प्रदेशमा उपलब्ध स्रोत साधनलाई विश्व बजारमा पुरयाउने माध्यम सूचना प्रविधि पनि एक हो, विकट स्थानमा बसोवास गरेका जनतालाई विश्वसमुदाय समक्ष जोडन सूचना र प्रविधि महत्वपूर्ण हुने तर नाफा मुलक सेवाको सम्भावना कम भएकोले अन्य सेवा प्रदायकहरुको कम चासो रहेका वेला सेवामुलक कार्यमा वर्ल्डलिंकले देखाएको अग्रसरताले सूचनाबाट कुनै पनि पर्यटक आफन्त, घर परिवार, साथी भाइसँग जोडिने तथा सम्पर्कविच्छेद नहुने हुनाले पर्यटकको रोजाइ बन्नेमा म विश्वस्त छु ।’

वर्ल्डलिंक कम्यूनिकेशन्स लिमिटेडका अध्यक्ष अग्रवालले भने, ‘नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प छैन ।’

उनले अगाडि भने, ‘गास, बास, कपाससँग आजको युगमा सूचना प्रविधि पनि जोडिएको छ, इन्टरनेटको प्रयोगले हामी हाम्रो जीवनलाई परिवर्तन गर्न सक्छौ, सूचना प्रविधि स्थानीय जनता तथा विद्यार्थीका लागि ज्ञान हासिल गर्ने माध्यम बन्न सक्छ, जुन स्थानमा बाटो घाटो, अस्पतालको अभाव छ सोही ठाउँका लागि इन्टरनेट समस्याको समाधान हुन सक्छ ।’

फोक्सुण्डोसम्म इन्टरनेट पुर्‍याउन वर्ल्डलिंकले विभिन्न ११ स्थानमा टावर जडान गरेको उनले जानकारी दिए । उनले अब फाइबर जडानको पनि योजना बनिरहेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१