‘१९ वर्षको हुँदा निर्मातासँग सुत्न अफर गरियो !’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ चैत्र २०७७, बिहीबार ०५:११

बलिउड । अभिनेत्री अङ्किता लोखन्डेले विगतमा आफुले भोगेका दुःखहरुबारे केहि घट्ना शेयर गरेकी छन् । उनले हालै दिएको एक अन्तरवार्तामा आफु १९–२० वर्षको उमेर हुँदा साउथ फिल्मका लागि बोलाएर ‘कम्प्रमाइज’ गर्न भनेको प्रङ्सग बाहिर ल्याएकी हुन् ।

उनले भनिन्, ‘सो समय कोठामा म एक्लै थिए । फिल्म अभिनयका लागि कम्प्रामाइज गर्न भनियो । मैले भने कस्तो कम्प्रमाइज गर्नुपर्यो ? पार्टीमा जानुपर्छ कि डिनरमा ?’ उनले अगाडि थपिन् ‘मलाई निर्मातासँग सुत्न अफर गरियो । मैले त्यहाँ निर्माताको ब्याण्ड बजाए ।’ सो क्रममा आफुले त्यहाँबाट निस्किदै फिल्ममा लिन चाहे पनि नगर्ने बताएको पनि जिकिर गरेकी छन् ।

अङ्किताले टिभी शो ‘पवित्र रिश्ता’बाट करियरकी सुरुवात गरेकी हुन् । सोही क्रममा उनको भेट सुशान्तसँग भएको थियो । यस पछि उनी ‘झलक दिखलाजा’, ‘कमेडी सर्कस’, ‘मर्णिकर्णिका’मा देखिएकी थिइन् ।

‘सुशान्तका लागि शाहरुख र सञ्जयको फिल्म छाडे’
अङ्किता आफ्नो व्यक्तिगत जीवनको कारणले बेला-बेलामा चर्चामा आउने गर्छिन् । अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अहिले ९ महिना पुगिसकेको छ । उनी कुनै बेला सुशान्तसँग रिलेशनशिपमा थिइन् । सोही कारण अहिले पनि उनी निशाना पर्ने गरेकी छन् ।

अङ्किताले आफूले सुशान्तका लागि बलिउका केही ठूला फिल्मको अफर छाडेको दाबी गरेकी छन् । यसको अलवा उनले करियरको सुरुवातको दिनको दुःखसमेत शेयर गरेकी छन् ।

एक अन्तरवार्तामा उनले आफुले शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यु ईयर’ समेत छोडेको बताएकी छन् । त्यसको पछाडि कारणको सुशान्तको करियर बनेको हेर्न चाहेको रहेको बताएकी छन् ।

यसको अलवा उनले ‘बाजीराव मस्तानी’ समेत छोडेको उल्लेख गरेकी छन् । ‘निर्देशक सञ्जयलिला भंसालीले मलाई कयौँ पटक फिल्ममा काम गर्न फोन गर्नुभएको थियो,’ उनले भंसालीको शब्द दोहोर्याइन् ‘फिल्म गर, नत्र पछि पछुताउनेछौ ।’ सो समय आफूले विवाह गर्ने बारेमा सोचेको जवाफ दिएको उनको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१