प्रधानमन्त्रीद्वारा विद्यार्थीको पढाइको अवस्थाबारे जानकारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ चैत्र २०७७, बिहीबार ०५:०६

तनहुँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयका विद्यार्थीलाई राम्रो पढ्न सुझाव दिएका छन् । खैरेनी माध्यमिक विद्यालयका विद्यार्थीसँग  भर्चुअल कुराकानी गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीको पढाइको अवस्थाबारे जानकारी लिँदै राम्रोसँग पढ्न सुझाव दिएका हुन् ।

पढाइ कस्तो छ भनेर प्रधानमन्त्री ओलीले सोध्दा विद्यार्थीहरुले राम्रो छ भनेका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओलीले भने, “राम्रोसँग पढ्नुहोला ।” प्रधानमन्त्री ओलीले विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीसँग भर्चुअल माध्यमबाट कुराकानी गरेका विद्यालयका प्रधानाध्यापक केशवराज घिमिरेले जानकारी दिए । कोभिड महामारीको बेलामा विद्यार्थीले अनलाइनबाट कसरी अध्ययन गरेका थिए भन्ने विषयमा प्रधानमन्त्री ओलीले चासो व्यक्त गरेका थिए ।

“अनलाइनबाट अध्ययन गर्दा कतिको प्रभावकारी भयो भन्ने विषयमा प्रधानमन्त्री ओलीले विद्यार्थीसँग कुराकानी गरे,” प्रधानाध्यापक घिमिरेले भने । विद्यालयले पाँच महिना अगाडिबाट ‘फ्युज क्लासरुम’ बाट अध्यापन गराउँदै आएको थियो ।

‘फ्युज क्लासरुम’ बाटै विद्यालयले परीक्षा लिने, गृहकार्य दिनेलगायतका काम गरेको थियो । सो अवसरमा फ्युज मेसिनका नेपाल प्रमुख पराग श्रेष्ठले प्रधानमन्त्रीलाई यसबाट पढ्न गर्नुपर्ने प्रयोगको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१