भिटोफ निर्वाचनका लागि निटद्वारा थपलियाको संयोजकत्वमा सम्वाद समिति गठन,जस्फा पाण्डेलाई अध्यक्षमा उठाउने निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०७७, बुधबार ०५:५४

काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको नेतृत्व छनोटका लागि नेपाली काङ्ग्रेस समर्थित पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संघ (निट) ले केन्द्रिय सह-अध्यक्ष रामशरण थपलियाको संयोजकत्वमा ५ सदस्यीय वार्ता तथा सम्वाद समिति गठन गरेको छ ।

निटका केन्द्रिय अध्यक्ष दीपक महतको अध्यक्षतामा बसेको सचिवालय बैठकले समिति गठन गरेको हो । समितिको सदस्यहरुमा बलराम न्यौपाने (दुर्गानाथ ), राजेन्द्र सुवेदी, रमेश लम्साल र बिमल नहर्की रहेका छ्न ।

भिटोफ नेपालको २४ औँ बार्षिक साधारणसभा सहितको निर्वाचन यही चैत्र २० गते हुँदैछ । काङ्ग्रेस समर्थित व्यावसायिकका तर्फबाट अध्यक्षको आकांक्षीका रुपमा  वर्तमान महासचिव जस्फा पाण्डेलाइ उठाउने निर्णय गरेको  संयोजक रामशरण थपलियाले बताउनुभयो ।

वर्तमान महासचिव जस्फा पाण्डेको  उम्मेदवारी किन ? 

गाउँ पर्यटन प्रवर्द्धन मञ्‍च (भिटोफ) नेपालको अध्यक्ष पदका लागि वर्तमान महासचिव जस्फा पाण्डेले उम्मेदवारी घोषणा गरेकी छिन्।

उम्मेदवारी घोषणा गरे पनि पाण्डेले चैत २० गते हुने अधिवेशनबाट आफू सर्वसम्मत रूपमा अध्यक्ष बन्ने प्रयास जारी रहेको बताएकी छिन्। पाण्डेले भिटोफको २४औं साधारणसभाबाट आफू निर्वाचित भएर संस्थामा इतिहास रच्‍ने बताइन्।

“सदैव संस्थाको उद्देश्य प्राप्तिका लागि लडिरहेकी छु। कोभिड-१९ महामारीका कारण अहिले पर्यटन क्षेत्र थला परेको स्थिति छ। विशेष गरेर नेपालको गाउँ पर्यटनलाई पुनर्जीवन दिनका लागि मेरो उम्मेदवारी हो,” उम्मेदवारी घोषणा गर्दै पाण्डेले थपिन्, “सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नेछौं। भएन भने निर्वाचन प्रक्रियाबाट भए पनि हामी विजयी हुनेछौं।’’

भिटोफको इतिहासमा अहिलेसम्म महिला अध्यक्ष बनेको छैन। यसपटक इतिहास रच्‍ने उनको दाबी छ।

पाण्डेले आफूले लामो समय यस क्षेत्रको विकासका लागि काम गरेको भन्दै सर्वसम्मत नेतृत्व चयनका लागि सबैमा अनुरोध गरिन्।

“महामारीका कारण अन्य क्षेत्रभन्दा गाउँ पर्यटन थिलो थिलो भएको छ,” पाण्डेले थपिन्, “त्यो क्षेत्रलाई उकास्नका लागि आगामी नेतृत्वसामू गम्भीर चुनौती छ। चुनौतीको सामना गर्ने क्षमता मसँग छ। अधिकांश सदस्यहरूको सहयोग र समर्थन भएकाले सर्वसम्मत हुन नसके पनि निर्वाचनबाट विजयी हुनेछौं।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१