२३ वर्षीया बुहारीलाई आगो लगाई फरार अभियुक्त सात वर्षपछि पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०७७, बुधबार ०५:४३

बाँके । आफ्नै २३ वर्षीया बुहारीलाई मट्टितेल छर्कि आगो लगाई फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । प्रहरीले बाँके जिल्ला, नरैनापुर गाउँपालिका-२ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई सोमबार पक्राउ गरेको हो ।

दाईजोको निहुँमा २०७० चैत २ गते बुहारीलाई मट्टितेल छर्कि आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले सोही गाउँपालिका-१ सुईयामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस्तै, हाल फरार रहेका पीडितका श्रीमान् र सासुको पनि खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१