जर्मनीमा कोरोना संक्रमणको तेस्रो लहर, थप ३ साता लकडाउन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०७७, बुधबार ०५:२८

काठमाडौं । जर्मननीमा थप तीन साता लकडाउन गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि जर्मनीले थप तीन साता लकडाउन थप गरेको हो ।

इस्टर पर्वको समयमा कोरोना संक्रमण अझै बढ्न सक्ने आशंका गर्दै लकडाउन थप गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अब जर्मनीमा १८ अप्रिलसम्म लकडाउन हुने जनाइएको छ ।

विभिन्न राज्यका नेताहरुसँग नेताहरुसँगको छलफलपछि जर्मन चान्सलर एन्जेला मर्केलले अप्रिल १ देखि ५ सम्म लकडाउन अझै कडा पार्ने निर्णय गरेकी छन् । सो अवधिमा अधिकांश पसल बन्द गर्ने र भेलामा पनि प्रतिबन्ध लगाउने तयारी छ ।

अहिले जर्मनीमा कोरोना संक्रमणको तेस्रो लहर फैलिएको छ । पछिल्लो २४ घण्टामा जर्मनीमा ७,४८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र २५० संक्रमितको मृत्यु भएको समाचारमा उल्लेख छ ।

मर्केलले अहिले जर्मनी कोरोना संक्रमणको कारण गम्भीर अवस्थामा रहेको बताएकी छिन् । उनले पछिल्लो समय संक्रमण बढ्नुका साथै अस्पतालको आईसीयू कक्ष पनि भरिन थालेको भन्दै सचेत गराएकी छन् । पछिल्लो केही समययता जर्मनीमा मात्र नभई युरोपभर नै कोरोना संक्रमण उल्लेख्य मात्रामा बढेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१