जाह्नवी कपूर भन्छिन्, ‘भर्चुअल संवादमा नो किस’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० चैत्र २०७७, मंगलवार ०५:२६

मुम्बई । बलिउड अभिनेत्री जाह्नवी कपूर आइतबार आफ्ना फ्यानसँग भर्चुअल संवादमा थिइन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा गरिएको यो संवादमा उनलाई फ्यानहरुले धेरै विषयमा प्रश्न सोधेका थिए ।

मिड–डेमा प्रकाशित समाचारअनुसार अन्तरसंवादमा एक फ्यानले जाह्नवीलाई ‘के म किस गर्न सक्छु’ भनी सोधेका थिए । त्यसपछि उनले मास्क लगाएको तस्वीर पठाउदै ‘नो’ लेखेकी थिइन् । उनले भर्चुअल संवादमा किस गर्न नमिल्ने संकेत गरेकी थिइन् ।

एक प्रयोगकर्ताले जाह्नवीलाई उनको डाइट तालिकाबारे प्रश्न सोधेका थिए । जसको उत्तर दिँदै जाह्नवीले हातमा बोकेको आइसक्रिमयुक्त एक कपको तस्वीर पठाएर ‘दिनमा चार स्कूप्स’ भन्दै लेखेकी थिइन् ।

अर्का प्रयोगकर्ताले उनको हालसम्मको मनपरेको यात्राबारे सोध्दा उनले केही वर्ष अघि दक्षिण फ्रान्सको क्षणलाई सम्झेकी छन् ।

त्यस्तै उनको मनपर्ने सहकर्मी भनेर सोध्दा ‘गुञ्ज्न सक्सेनाः द कार्गिल गर्ल’ अभिनेता पंकज त्रिपाठीको नाम लिएकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१