चार दिन थपियो सार्वजनिक विदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० चैत्र २०७७, मंगलवार ०५:०८

काठमाडौं । आदिवासी जनजातीहरुले आफुहरुको चाडमा राष्ट्रिय विदा दिन माग गर्दै आईरहेपनि सरकारले भने सम्बन्धित धर्मावलम्बीलाई मात्र विदा दिने प्रावधानलाई कायमै राखेको छ ।

सरकारले चाडपर्वमा थप चार दिन विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले २०७८ मा विगतमा भन्दा चार दिन बिदा दिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै छलफल गरेर चाडपर्वका विदा दिने तय गरिएको गृह मन्त्रालय स्रोतको भनाई छ ।

चैत्र ५ गते बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्तावअनुसार जनैपूर्णिमा, दशैंको घटनास्थपना र माघे संक्रान्तिमा समेत मुलुकभरी विदा दिने निर्णय गरेको हो । यस्तै तिहारको भोलिपल्ट पनि विदा दिने निर्णय गरिएको छ । विगतमा तिहारमा तीन दिन विदा दिने गरिएकोमा आगामी वर्ष चार दिन हुनेछ ।

आगामी वर्षका विदासम्बन्धि विवरण सोमबार सार्वजनिक राजपत्रमा सूचना प्रकाशन गरि सार्वजनिक गरिएको हो ।

६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना तथा १ माघको माघे संक्रान्तिमा देशभरी विदा सुचनामा उल्लेख छ । यस्तै तिहारको भाइटिकाको भोलिपल्ट २१ कात्तिकमा पनि देशव्यापी बिदा हुने उल्लेख छ ।

अन्य सार्वजनिक विदा भने यथावत् राखिएका छन् । ५२ वटा शनिबार बाहेक बैशाख १ को नयाँ वर्षमा विदा हुने छ । त्यस्तै महाशिवरात्री र फागूपूर्णिमामा दिदै आइएको मुलुकभरी विदा कायमै राखिएको छ ।

यो बर्षको असोज २६ मा फूलपाती छ । २७ मा महाअष्टमी, २८ मा महानवमी र २९ असोजमा विजया दशमी रहेको छ । दशैंको भोलिपल्ट पनि सार्वजनिक विदा दिने गरिएकोमा ३० असोजमा शनिबार परेको छ ।

तिहारमा तीन दिन बिदा हुनेमा आगामी वर्ष चार दिन हुने छ । १८ कात्तिकमा लक्ष्मी पूजा, १९ कात्तिकमा गोरु तिहार तथा २० कात्तिकमा भाईटिका छ, २१ कात्तिकमा पनि सरकारले बिदा दिने निर्णय गरेको उल्लेख छ ।

राष्ट्रिय दिवस अन्र्तगत १५ जेठको गणतन्त्र दिवस, २१ जेठमा पर्ने जातीय भेदभाव तथा छुवाछुत उन्मुखल राष्ट्रिय दिवसको अवसरमा पनि विदा कायम राखिएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, विश्व मजदुर दिवस, संविधान दिवस र अन्र्तराष्ट्रिय महिला दिवसको देशव्यापी विदा कायमै छ
। जन्मजयन्तीमध्ये बुद्ध जयन्तीमा मात्र सबैलाई सार्वजनिक बिदा हुने छ ।गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र घोडो जात्रामा उपत्यकामा मात्र विदा हुने छ ।

उभौली, गौरा पर्व, इदुल फित्र, इदुल जोहा, क्रिसमस, तमु ल्होसार, सोना ल्होसार, ग्याल्पो ल्होसार, सिरुवा पावनी, धवथाम्बु छेउचिक पर्वमा सम्बन्धित धर्मसंस्कृती तथा भौगोलिक क्षेत्रकाले मात्र विदा पाउने उल्लेख छ । हरेक बर्ष सार्वजनिक विदा हेरफेर हुँदै आएको छ । सरकारले चाडपर्वका विदा कटौती गरेपनि फेरि थप गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१