यो संविधान नेपाली जनताको हितमा छ : अध्यक्ष दाहाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७७, सोमबार ०४:३९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले आफ्ना लागि बनाएको संविधानमाथि पछिल्ला दिनमा भएका प्रहारप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “नेपालको संविधानले सबै वर्ग तथा क्षेत्रको अधिकार पूर्ण रुपमा प्राप्त भएको छैन भनेर मैले ‘नोट अफ डिसेन्ट’ लेखेको तर सैद्धान्तिक र आधारभूत रुपमा यो संविधान नेपाली जनताको हितमा छ । त्यसकारण यसका विरुद्ध लगातार प्रहार भएको छ ।”

५६औँ अन्तर्राष्ट्रिय जाति भेद उन्मूलन दिवसका अवसर आयोजित कार्यक्रममा उहाँले माओवादी आन्दोनलले स्थापित गरेको समावेशी, समानुपातिक मान्यतालाई कसरी निस्तेज गर्न सकिन्छ भनेर देशभित्र र बाहिर अनेकन खालका षड्यन्त्र भइरहेको बताउनुभयो ।

समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई खारेज गराउने प्रयास भइरहेको भन्दै उहाँले गणतन्त्र, सङ्घीयता विरोधी तत्वले टाउको उठाउने प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।

दलित, जनजाती, आदिवासी, महिलालगायत उत्पीडित समूहले प्राप्त गरेको अधिकारलाई समेत खण्डित गराउन खोजिएको भन्दै अध्यक्ष दाहालले त्यसविरुद्ध एकीकृत रुपमा प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो ।

यतिखेर नेपालमा संविधानको रक्षा गर्न चाहने धारा र त्यसलाई खण्डित गर्दै जाने दुई वटा धार स्पष्ट भएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्नेले आफूलाई स्पष्ट रुपमा उभ्याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई थप बृहत बनाउन र नेपाली जनताको चाहनाअनुसार राजनीतिक स्थायित्वका आफूले नेकपा बनाएको र त्यो कुनै गल्ती नभएको उल्लेख गर्नुभयो ।

पार्टीभित्र गलत प्रवृत्ति हावी भएपछि आफूले विद्रोह गरेर उत्पिडित वर्ग तथा समुदायको पक्षमा उभिएको अध्यक्ष दाहालको भनाइ छ । जनताको अधिकारका लागि आफूले कोही कसैसँग सम्झौता नगरेको, बरु इमान्दारीपूर्वक सङ्घर्षको मैदानमा उत्रिएको तथा जीवनभर सङ्घर्ष गर्ने दृढता प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१