कोठामा गोप्य भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने तीनजना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७७, सोमबार ०४:३४

काठमाडौं । हनी ट्र्याप’मा फसाइ रकम असुलेको आरोपमा महिलासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाजरकोट घर भइ गोंगबू बस्‍ने २८ वर्षीया संगीता शाह (रितु), सिन्धुपाल्चोक घर भइ गोंगबु बस्‍ने २१ वर्षीया सुस्मिता गिरी र नुवाकोट घर भइ स्वयम्भू बस्‍दै आएका शंकर खनाल रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार यी गिरोहले कपन र इमाडोल बस्‍ने दुईजना पुरुषलाई चाबहिलस्थित गेस्ट हाउसमा भेट्न बोलाइ कोठामासँगै बसेर गोप्य रुपमा भिडियो खिचेर ब्ल्याकमेलिङ गरी ५ लाख मागेको हो ।

प्रहरीले यसअघि जबर्जस्ती करणीको झुटो उजुरी दिने दुई महिला ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा सुर्खेत वीरेन्द्रनगरबाट पक्राउ गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१