फलफूल मध्ये खरबुजा गुणकारी, खरबुजाका यस्ता फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७७, सोमबार ०४:२६

काठमाडौं । चैत–बैशाख महिनासँगै गर्मीको पनि शुरुवात हुन् । यस्तो बेलामा हाम्रो शरीरले शीतलता खोजिरहेको हुन्छ । विभिन्न प्रकारका पेय पदार्थहरुको व्यापार पनि यहिबेला चम्किन्छन् । यस्तो बेलामा अन्य पेय पदार्थभन्दा फलफूलको सेवन नै उचित हुन्छ ।

त्यसमा पनि प्रसस्त मात्रामा पानी भएका फलफूलले शरीरमा पानीको मात्रा पुरा गर्न सहयोग गर्दछन् । प्रसस्त मात्रामा पानी भएका फलफूल मध्ये खरबुजा श्रेष्ठ मानिन्छ । यसको सेवनले शरीरमा पानीको मात्रा पूर्ति गर्नुका साथै शरीरलाई फाइदा पुर्याउँदछ ।

 

आउनुहोस् यसबारे जानकारी लिउँः–

– खरबुजाको सेवनले शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा भिटामिन सी र ए प्रचुर मात्रामा पाइने भएकाले आँखाका लागि पनि फाइदाकारी छ ।

– खरबुजा सेवन छालामा चमक ल्याउँछ । खरबुजाको टुक्रा अनुहारमा वा छालामा लगाउनाले छालामा चमक आउँछ । त्यसको साथै यसमा पाइने एन्टी एक्सिडेन्टले त्वचामा आउने रुखोपनलाई हटाउँनुका साथै थकान मेटाउँछ ।

– तौल बढेर चिन्तित हुनुहुन्छ भने खरबुजा तपाईका लागि सहयोगी सिद्ध हुन सक्छ । यसमा निकै थोरै क्यालोरी हुन्छ । यसमा पानीको मात्रा धेरै हुने हुनाले पेट भरिन्छ र भोक लाग्दैन ।

– खरबुजा शीतल प्रदान गर्ने फल भएकाले यो खाँदा पेट मात्र नभइ दिमाग पनि शान्त रहन्छ । यसको बियाँलाई पिसेर निधारमा लगाउँदा टाउको दुखेको पनि कम हुन्छ ।

– खरबुजालाई क्यान्सरका बिरामीहरुका लागि पनि फाइदाकारी मानिन्छ । यसको सेवनले शरीरका धेरै प्रकारका प्रोटेस्ट क्यान्सर, ब्रेस्ट क्यान्सर लगायत पेटको क्यान्सरमा धेरै फाइदाकारी मानिन्छ ।

– गर्मीमा बजारमा आएका धेरै प्रकारका चिसो पेय पदार्थले शरीरका भित्री अंगहरु मिर्गौला, पेट र आन्द्रा खराब हुने हुन्छ । तर, खरबुजाले किड्नीको बिरामीका लागि धेरै नै फाइदा पुर्याउँदछ ।

– रक्तचापका समस्या भएकाहरुलाई खरबुजाले राहत प्रदान गर्दछ । खरबुजामा निकै कम सोडियम हुन्छ र यो चिसो पनि हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१