प्रधानमन्त्री बन्नुभन्दा पनि पार्टी बलियो बनाउनतर्फ लागेको छु : देउवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०७७, आईतवार ०५:१९

चितवन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफू प्रधानमन्त्री बन्न लालायित नभएको बताएका छन् ।

नेपाली कांग्रेस तरुण दल विभागद्वारा चितवनमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री बन्न लालायित नभएको तर जिम्मेवारी आए पछि नहट्ने बताए ।

“अहिले संयुक्त सरकार रहेको छ । प्रधानमन्त्री बन्न म लालायित छैन । जिम्मेवारीको मौका आइहाले भाग्नेवाला छैन,” उनले भने । प्रधानमन्त्री बन्नभन्दा पनि आफू पार्टी बनाउनतर्फ लागेको देउवाले बताए ।

“यतिबेला म प्रधानमन्त्री बन्नभन्दा पनि पार्टी बलियो बनाउनेतिर लागेको छु । मेरो प्राथमिकता नेपाली कांग्रेसलाई बलियो बनाउने हो ।” सभापति देउवाले भने । साथै उनले चुनावको तयारीका लागि आपसी मतभेद र झगडा त्यागेर अगाडि बढ्न आफ्ना कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१