पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०७७, आईतवार ०५:१७

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यातालिका सार्वजनिक गरिएको छ । महासंघको निर्वाचन पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमा हुँदैछ ।

पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले आज निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको हो । निर्वाचन यही चैत २५ गतेका लागि तोकिएको छ ।

चैत १२ गते बिहान साढे १० बजेदेखि दिउसो दिउसो ४ बजेसम्म उम्मेदवार मनोनयन गर्ने कार्यतालिकामा उल्लेख छ ।

महासङ्घका काठमाडौंमा उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको केहि दिन अघि बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको थियो ।

महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१