जोसेफ कलेजको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ चैत्र २०७७, शुक्रबार ०३:५५

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं ६ महांकाल शान्तिनगर संचालित जोसेफ कलेजले कक्षा ११ मा नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास गरेका बिद्यार्थीहरुलाई बिदाइ गरेको छ।बिहिबार चाबहिल चुच्चेपाटी स्थित स्मार्ट प्यालेसमा एक कार्यक्रमका बीच बिभिन्न संकायमा भर्ना भइ अध्ययन शुरु गरेका कक्षा ११ का बिद्यार्थीहरुलाई कलेजले स्वागत गरेको हो ।

सांस्कृतिक कार्यक्रम समेत समाबेश गरिएको स्वागत तथा बिदाइ कार्यक्रमका प्रमुख अतिथिको रुपमा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइ रहेका थिए भने बिशेष अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई बुढानिलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख जगन्नाथ उपाध्यय, काठमाडौं खेलकुद समाजका अध्यक्ष बद्रि भट्टराई, सिद्देश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष उद्दब भट्टराई, बिभिन्न बिध्यालयका संचालक, प्रिन्सिपल शिक्षक प्रतिनिधि, कलेज संचालक समितिका पदाधिकारी, शिक्षक बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता जोसेफ एडुकेशन नेटवर्कका संस्थापक प्राचार्य सुर्यबहादुर अधिकारीले गरेका थिए भने कार्यक्रम संचालन शिक्षक गोपी सापकोटाले गरेका थिए ।May be an image of 2 people and people standingMay be an image of 8 people, people standing and indoor

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए। कार्यक्रममा जोसेफ कलेजका बिद्यार्थी शेखर भट्टराई र राष्ट्रिय महिला फुटबल अन्डर १९ कि सदस्य एबम जोसेफ कलेजका बिद्यार्थी प्रितीराइले स्वागत मन्तब्य राखेका थिए ।May be an image of 2 people, people standing and indoor

कार्यक्रममा जोसेफ कलेजका संस्थापक प्रिन्सिपल सुर्य बहादुर अधिकारीले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै जोसेफ कलेजको बिशेषताको बारेमा जानकारी गराएका थिए । उनले अब्बल जन शक्ति उत्पादन गर्न जोसेफ कलेज प्रतिबद्द रहेको जानकारी गराएका थिए।

May be an image of 1 person and indoor
उनले कलेज आजको स्थान सम्म आइपुग्नुमा कलेज व्यवस्थापक संगै शैक्षिक क्षेत्रमा लागेका सबै बिध्यालय शिक्षक बिद्यार्थीहरुको समेत उलेख्य भूमिका रहेको जानकारी गराउदै नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास गरेका बिद्यार्थीहरुलाई बिदाइ गर्दै उज्वल भबिष्यको कामना गरेका थिए ।

जोसेफले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अहिलेको प्रतिस्पर्धात्मक युगमा विश्वका जुनसुकै ठाउँमा पनि आफुलाई स्थापित गराउन सक्ने गरि दक्ष बनाउन प्रयास गरिरहेको जानकारी दिदै असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप अघि बढिरहेको जानकारी गराएका थिए।

उनले नया भर्ना भएका बिद्यार्थीहरुलाई शिक्षकले दिने हरेक निर्देशन आफ्नै भलोका लागि भनेर सोच्न समेत बिद्यार्थीहरुलाई सुझाउदै कक्षा १२ पास गरि बिदाइ भएका बिद्यार्थीहरुको उज्ज्वल भबिष्यको कामना गरेका थिए । इन्द्रेणी कार्यक्रम बाट चर्चित बनेका जोसेफ स्कुलमा अध्ययनरत विद्यार्थी बाल लोक गायिका रबिना बसेल तथा जोसेफकै बिद्यार्थी युवा लोक गायक प्रसन्न पाठकले लोक गीत मार्फत मनोरंजन प्रदान गरेका थिए ।May be an image of one or more people, people standing and indoor

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई ,बुढानिलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख जगन्नाथ उपाध्यय, काठमाडौं खेलकुद समाजका अध्यक्ष बद्रि भट्टराई लगायतले शुभकामना मन्तब्य राख्दै अरुले चिन्न नसकेको प्रतिभा जोसेफले चिनेर छात्रवृत्ति प्रदान गरिरहेको त्यसको उदाहरण बाल लोक गायिका रबिना बसेल तथा युवा लोक गायक प्रसन्न पाठक जस्तै धेरैको प्रतिभा प्रष्फुटन गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए ।

उनीहरुले कलेजको प्रगतिको कामना गर्दै जीवन उपयोगी शिक्षा आजको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा कक्षा १२मा राम्रो नतिजा ल्याएर बिदाइ हुने बिद्यार्थीहरुलाई मायाको चिनो सहित बिदाइ गरिएको थियो भने कक्षा ११ मा भर्ना भएका नया भर्ना भएका बिद्यार्थीहरु र शिक्षकहरुलाई समेत स्वागत गरिएको थियो।

कार्यक्रमलाइ प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइले नव प्रवेशी विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै बिदाइ भएर जाने विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।लगनशीलता र धैर्यताले विद्यार्थीलाई सफल बनाउने भन्दै निरन्तर पढाइमा लागिरहन आग्रह गर्दै जुन बिषय पढे पनि त्यसमा दक्षता हासिल गर्ने गरि पढ्न अनुरोध गरेका थिए ।कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न सांस्कृतिक नृत्य मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

May be an image of one or more people, people standing and indoorMay be an image of one or more people, people standing and indoorMay be an image of 12 people, including Lion Sabin Panta Prithak, people standing, people sitting and indoorMay be an image of 12 people, people sitting, people standing and indoor

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१