छोरी बलात्कार गर्ने बाबुलाई २५ वर्ष जेल सजाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ चैत्र २०७७, शुक्रबार ०३:३०

डोटी। डोटी जिल्ला अदालतले छोरीलाई बलात्कार गरेको अभियोगमा एक पुरुषलाई २५ वर्षको कैद सजाय सुनाएको छ ।

जोरायल गाउँपालिका–५ का ती बाबुलाई न्यायाधीश विदुर काफ्लेको एकल इजलासले बलात्कार गरेको ठहर गर्दै कैद सजाय सुनाएको हो ।

गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको भन्दै उनीविरुद्ध श्रीमतीले जाहेरी दिएकी थिईन् ।

घरमा आमा नभएको समयमा उनले छोरीमाथि पटक–पटक बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले उनलाई २५ वर्षे कैद सजाय सुनाएको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१