एसियाकै सबैभन्दा धनी व्यक्ति बने भारतीय अर्बपति अम्बानी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ चैत्र २०७७, बिहीबार ०६:०२

मुम्बई। भारतीय अर्बपति व्यापारी मुकेश अम्बानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

सम्पतिको मूल मुल्य ८० अर्ब अमेरिकी डलर बराबरसहित मुकेश अमबानी एसियाका सबैभन्दा धनी व्यक्ति घोषित भएका हुन् ।

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सको पछिल्लो सूचीमा अम्बानी सुचिकृत भएका हुन् । गत २ वर्ष यता बहुराष्ट्रिय प्राविधिक कम्पनी अलिबाबाका मालिक ज्याक मालाई समेत पछि पार्दै अम्बानी एसियाकै धनी व्यापारीमा सुचीकृत हुँदै आएका छन् ।

दोस्रो स्थानमा परेका चिनियाँ अर्बपति व्यापारी झोङ सानसानको ७६ दशमलब ६ अर्ब अमेरिकी डलर बराबरको सम्पति मूल्य छ।

झोङको पानीको बोतल कम्पनीले यो साता २० प्रतिशत मात्र रेकर्ड राखेको थियो । गत साता भन्दा २२ अर्ब डलर कम सम्पति मूल्यमा झरेर उनी ७६ दशमलब ६ अर्ब अमेरिकी डलरमा कायम भएका हुन् ।

मुकेश अम्बानीले उर्जा बाहेक प्रविधि र ई वाणिज्य क्षेत्रमा लगानी बढाइरहेका छन् । त्यस्तै, अमेरिकी टेस्ला मोटरका मालिक तथा उद्योगति इलेन मस्क विश्वकै धनाड्य व्यक्तिमा सूचिकृत भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१