‘फ्रेस’ हुन सिन्धुली आएका प्रचण्डको सांसद हरिबोल गजुरेल निवासमा बास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ चैत्र २०७७, बिहीबार ०५:४५

सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘रि–फ्रेस’ हुन सिन्धुली आइपुगेका छन् ।

औपचारिक कुनै कार्यक्रम नभएपनि प्रचण्ड सिन्धुली आइपुगेका हुन् । काठमाडौंमा पार्टीको कामले व्यस्त दैनिकीलाई केही आराम गर्न र कार्यकर्तासित भेट गर्न प्रचण्ड सिन्धुली आएका हुन् ।

उनी कामले थकान हुँदा र काठमाडौंमा तनाव हुँदा कहिले सिन्धुली त, कहिले सिन्धुपाल्चोकतिर पुग्ने गरेका छन् ।

पत्नी सीता दाहाल, प्रमुख स्वकीय सचिव जोखबहादुर महरा साथमा प्रचण्ड आइपुगेका हुन् । सांसद गजुरेल पनि प्रचण्डकै साथमा सिन्धुली आइपुगेका हुन् ।

सिन्धुली आइपुगेका पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सांसद हरिबोल गजुरेलको निवासमा बास बस्ने कार्यक्रम छ ।

प्रचण्ड सिन्धुली आएको र सांसद गजुरेलको निवास ढुंग्रेबासमा बास बसेको जानकारीपछि स्थानीय नेता कार्यकर्ता भेला भएका छन् । अध्यक्ष प्रचण्डलाई जिल्ला पार्टी अध्यक्ष राजन दाहाल लगायत नेता, कार्यकर्ताले स्वागत गरेका थिए ।

माओवादी केन्द्रका नेता तथा सांसद हरिबोल गजुरेलले औपचारिक कार्यक्रम नभएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१