०६२/६३को परिबर्तनले बिदेशी हस्तक्षेप र प्रभाव बढायो :- कमल थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ चैत्र २०७७, बिहीबार ०५:३१

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिबर्तन पछि मुलुकमा बिदेशी दबाब ,प्रभाव र हस्तक्षेप बढेर गएको बताएका छन् । राप्रपा हेटौंडा नगर समितीका नब निर्बाचित कार्य समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले बिदेशीको इसारामा लादिएको एजेन्डाले मुलुकको स्वाधीनता कमजोर हुने बिचार ब्यक्त गरे। “गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता बिदेशीले बोकाई दिएको भारी हो, बिदेशीको स्वार्थ पुर्ती गर्न राजनीतिक दल र नेताहरु प्रयोग हुनु दुर्भाग्यपूर्ण भयो” थापाले भने। नेपालमा सबै शक्ति र बिचार अटाउन सक्ने मौलिक ब्यबस्थाको आबश्यकता रहेको चर्चा गर्दै थापाले भने ” अब निषेधको राजनीति अन्त्य गरौ, सबै अट्न सक्ने राजनैतिक प्रणालीको बिकास गरौ, जसले मुलकलाई सबल,समृद्ध र स्वाधिन बनाउन सकोस् “। भ्रष्टाचार ,बेरोजगारी ,धर्मपरिबर्त र कुशासनको चक्र तोड्नको लागि राप्रपा बलियो हुनु पर्ने भन्दै थापाले काङ्ग्रेस र कम्युनिस्टको मार्गचित्र असफल भएको दाबी गरे। मनपरितन्त्र र ब्रम्हलुटको हिसाब जनताले राखिराखेको भन्दै थापाले आगामी निर्बाचनबाट राप्रपा बलियो शक्तिको रुपमा स्थापित हुने दाबी गरे । राप्रपाको ध्यान महाधिवेशन केन्द्रित रहेको भन्दै थापाले संगठन सुदृढीकरण अभियानलाई उच्च प्राथमिकतापुर्बक अघि बढाउन कार्यकर्ताहरुलाई आग्रह गरे। सो अबसरमा राप्रपा नेताहरु मधु अधिकारी , गणेश थापा, राजाराम बर्तौलाले मुलुकमा बलियो राष्ट्रबादी शक्तिको आबश्यकता रहेकोले जनताको माझमा गएर पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा राप्रपा मकवानपुरका कार्यबाहक अध्यक्ष शिबराम थापा, नगर अध्यक्ष प्रेमलाल श्रेष्ठ ,निबर्तमान अध्यक्ष गुरु सापकोटा लगायतले बोलेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१