सरकारले पेट्राेलियम पदार्थकाे मूल्य बढायाे, मूल्य बढाए पनि १५ दिनमा १ अर्बभन्दा धेरै घाटा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०७७, बुधबार ०५:३९

काठमाडाैं । सरकारले मंगलवार राति १२ बजेबाट लागू हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ । नेपाल आयल निगमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य वृद्धि गरेकाे छ भने एलपी ग्यासको मूल्य यथावत राखेकाे जनाएकाे छ । निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ ।

यसअघि निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । त्यसअघि पनि निगमले अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको भन्दै भाउ बढाउँदै आएको थियो । यसरी मूल्य बढाए पनि निगम पाक्षिकरूपमा १ अर्ब २७ कराेड ७० लाख घाटामा रहने जनाएकाे छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१