सांसद राईको पहलमा प्रधानमन्त्री ओलीको साथ : सिमलटारका ११ महिने बालकको सफल कलेजो प्रत्यारोपण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०७७, बुधबार ०५:३५

काठमाडौं  ।नेपालमा पहिलोपटक ११ महिने बालकको सफल कलेजो प्रत्यारोपण गरिएको छ। महाराजगञ्ज स्थित त्रिवी शिक्षण अस्पतालका प्रत्यारोपणविद डा रमेशसिंह भण्डारीको नेतृत्वमा ११ वर्षिय बालकको कलेजो प्रत्यारोपण गरिएको हो ।ति बालकलाई उनका ३५ वर्षीय बाबुले कलेजो दिएका थिए । अहिले प्रत्यारोपण गर्ने बच्चा र कलेजो दिने बाबुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डा. भण्डारीका अनुसार अहिले बालकलाई कलेजो दिने बाबुलाई आईसीयुमा राखिएको छ । डा. भण्डारीसहित ६० जनाको टोलीले कलेजो प्रत्यारोपण गरेको हो ।डा.भण्डारीका अनुसार २५ जना चिकित्सकको टोली मात्र थियो ।

बिरामी ११ महिने बालक काभ्रेपलाञ्चोक स्थायी घर भै हाल काठमाण्डौ माहानगरपालिका वडा नं. ६ सिमलटार बस्दै आएका छन।केहि महिना अगाडि बालकका बाबुले आफ्नो छोराको उपचार गर्न भारत लैजाने तयारी गरेको तर आर्थिक स्थितिका कारण लान नसकेको अवस्थामा काठमाण्डौ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य सांसद कृष्ण राईले उक्त बालकको स्वास्थ्य अवस्थावारे थाहा पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका थिए ।

उक्त जानकारी पाए पश्चात प्रधानमन्त्री ओलीले राईलाई शिक्षण अस्पतालका कलेजो प्रत्यारोपणविद डाक्टरहरुसँग परामर्स गरेर आफुलाई खबर गर्न भन्दै केहि समय पहिले शिक्षण अस्पताल पठाएको राइको सचिवालयले जानकारी दिएको छ।अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा नेपालमा पहिलो पटक ती ११ महिने बालकको सफल कलेजो प्रत्यारोपण भएको हो । सुरुमा शिक्षण अस्पतालमा बालक लगिएकोमा भारत रिफर गरिएको थियो । भारत रिफर गर्दा आर्थिक व्यवस्थाको लागि कुरा प्रधानमन्त्री समक्ष पुगेपछि प्रधानमन्त्ती केपी शर्मा ओलीले तत्काल शिक्षण अस्पतालका प्रत्यारोपणविद डा.रमेशसिह भण्डारीलाई उक्त बच्चाको प्रत्यारोपण नेपालमा सम्भव भएसम्म सो को व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीको आग्रह अनुसार एघार महिनाको बालकलाई शनिबार २ बजेदेखि शल्यक्रिया सुरु गरेर राती ९ बजेसम्म लगाएर सफल कलेजो प्रत्यारोपण गरिएको हो ।प्रत्यारोपणमा सलग्न प्रत्यारोपणविद् डा.रमेशसिंह भण्डारीले आठ घण्टा लामो समय लगाएर बालकको कलेजो प्रत्यारोपण गरिएको जानकारी दिएका छन् । बालकको जन्मजात कलेजोमा समस्या रहेको भण्डारीले जानकारी दिए।डा. भण्डारीले प्रत्यारोपणमा आफुहरुलाई सहयोग गर्न फोर्टिस अस्पताल भारतका डा विजय भिजको नेतृत्वमा चिकित्सकको टोली शिक्षण अस्पताल आएको बताउदै त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं र कोरोना महामारी सुरु भएदेखि पहिलो प्रत्यारोपण रहेको जानकारी दिएका छन।नेपालमा यस अघि २०७३ साल मंसिरमा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा सफल कलेजो प्रत्यारोपण सम्पन्न भएको थियो । प्रत्यारोपणविद डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा ३६ वर्षिय बलराम नागाको सफल प्रत्यारोपण गरिएको थियो । नागालाई ४१ वर्षिय दिदीले कलेजो दान गरेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१