राष्ट्रपति भण्डारीले डाकिन् सर्वदलीय बैठक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०७७, मंगलवार ०४:३७

काठमाडौं । सत्ता समीकरणका लागि दलहरुबीच तीव्र छलफल भइरहेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकको आयोजना गरेकी छन् । मंगलवार राष्ट्रपति निवासमा डाकिएको सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

आज दिउँसो ४ बजेका लागि उक्त बैठकको एजेण्डा बारे कुनै जानकारी नदिइएको भएतापनि दलहरुबीच चलिरहेको सत्ता गठबन्धनका बारेका छलफलमा राष्ट्रपतिको चासो हुनसक्ने अड्कल गरिएको छ । विगतमा पनि नेकपाभित्रको विवाद मिलाउन राष्ट्रपति भण्डारी खेलेको भूमिकाको आलोचना हुने गरेको थियो ।

संसद विघटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा राष्ट्रपतिको भूमिकालाई लिएर सर्वत्र आलोचना भएको थियो । देशका गम्भीर सवालहरुमा भन्दा सत्ता टिकाउन राष्ट्रपतिले खेल्ने गरेका भूमिकाप्रति निन्दा हुने गरेको छ ।

सोमबार राष्ट्रपतिले बैठक आव्हान गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर भेट्ने इच्छा व्यक्त गरेका छन् । विगतमा पनि शीतल निवासमा राष्ट्रपति भण्डारीसँग दुबै अध्यक्ष रहेको नेकपाको विवाद मिलाउन लामो छलफल हुने गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१