काठमाडौं । आज बस्ने संघीय संसदको बैठकमा सरकारले विभिन्न समयमा जारी गरेका अध्यादेशहरु जारी नहुने भएको छन् । संसद सचिवालयले जारी गरेको सम्भावित दुई कार्यसूचीहरुमा अध्यादेश पेश बारे कुनै उल्लेख गरिएको छैन ।
दिउँसो १ बजे बस्ने संघीय संसदको बैठकका दुई कार्यसूचीहरुमा बैठक सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने र संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेका छन् ।
यादव २०७० सालकाे संविधान सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके क्षाेत्र नं. २ बाट निर्वाचित सदस्य थिए । उनी नेपाल सरकार सरसफाइ तथा खानेपानी राज्यमन्त्री थिए । उनकाे निधन २०७७ साल माघ १ गते भएकाे थियाे ।
प्रतिक्रिया