काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले बानेश्वरमा आफ्ना पक्षलाई बिफ्रिङ गरेका छन् ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि खनाल-नेपाल पक्षले बानेश्वरस्थित अर्याल होटेलमा आफ्ना पक्षका केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले ओलीद्वारा अयोजित चियापान कार्यक्रममा नजाने निर्णय गरेको छ ।
धुम्बाराहीबाट फर्किएपछि बानेश्वरमा बसेको खनाल नेपाल समूहको केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले समूहका नेता कार्यकर्तालाई उक्त चियापानमा नजान समेत निर्देशन दिएको हो ।
खनाल नेपाल समूहले शनिबार चैत ४ र ५ गते तय गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई पनि नरोक्ने बताएको छ । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने खनाल नेपाल पक्षले बताएको हो ।
बैठकमा सहभभागी एक नेताले अध्यक्ष ओलीसँगको छलफल निष्कर्षमा नपुगेकाले निर्धारित कार्यक्रम नरोकिने निर्णय भएको जानकारी दिए । अध्यक्ष ओलीले प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम राखेका छन् ।
प्रतिक्रिया