अभिनेत्री ज्याकलिन फर्नान्डिजको बोल्ड अवतारमा अभिनेत्री उर्वशीको कमेण्टले हंगामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७७, सोमबार ०५:२०

काठमाडौं । चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको एक तस्विरले सामाजिक सञ्जाल तत्ताएको छ । ब्ल्याक एन्ड ह्वाइट एक बोल्ड तस्विर बाहिर आएको हो । ज्याकलिन फर्नान्डिज आफैंले आफ्नो आधिकारिक इन्स्टाग्राममा उक्त तस्विर साझा गरिन् ।

झण्डै २५ लाखले मन पराएको तस्विरमा ३० हजार आसपास प्रतिकृयाहरु पनि आएका छन् । फोटोमा, उनी ओछ्यानमा पल्टिरहेकी छिन् । धेरै कलाकारहरुले उनको फोटोमा प्रतिकृया जनाएका छन् ।

त्यस सुचीमा अभिनेत्री उर्वशी रौटेलालाई पनि रहेकी छिन् । तस्विर सेयर गर्दै ज्याकलिनले भाभा भनेर लेखेकी छिन् । ब्ल्याक एन्ड ह्वाइट तस्विर सामाजिक सञ्जालमा देखा पर्ने बित्तिकै भाइरल भयो ।

अभिनेत्री उर्वशीले आगोवाला इमोजी साझेदारी गर्दै इन्टरनेट पग्लिरहेको छ भनेकी छिन् । अभिनेता र होस्ट मनीष पलले आगो इमोजी बनाएर ज्याकलिनको तारिफ गरेका छन् ।

अभिनेत्री ज्याकलिनको तस्विरमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको गर्मी बढ्दै गएको भनेका छन् । उहि समयमा, केही प्रयोगकर्ताहरू उनको बोल्डनेस देखेर ट्रोल गर्दैछन् । धेरैले तपाईंको यस्तो तस्विर कस्ले क्लिक गर्छ भन्दै प्रश्न पनि गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१