विप्लव र माओवादी केन्द्रबीच तीन बुँदे सहमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०७७, आईतवार ०५:३३

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको छ ।

यी दुई पार्टीको फागुन २९ गते बसेको संयुक्त बैठकले तीन बुँदे सहमति गरेको हो ।

सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न संयुक्त रुपमा सहकार्य गर्ने, क्रान्तिकारीहरूबीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने र यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरूलाई पनि सहभागी गराउने भनिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१